प्रयोगकर्ता बिना खुल्ला डाटाको कुनै महत्त्व छैन । प्रयोगकर्ताले स्रोत, सामाग्री पाउन सकिराखेको छन् भनेर तपाईंले निश्चित गर्न आवश्यक छ । यो खण्डले यसको विभिन्न् दृष्टिकोणहरूलाई समेट्दछ ।
सबैभन्दा महत्त्वपूर्ण कुरा, अन्तरएजेन्सी राजनीति र भविष्यको बजेट चक्र हटाउनको लागि तटस्थ स्थान प्रदान गर्न पर्दछ । दुबै किसिमको निर्णयाधिकार सिमानाहरू चाहे त्यो क्षेत्रीय होस् अथवा भौगोलिक, तिनीहरूले आपसी सहयोगमा कठिनता निम्त्याउन सक्छ । तर, शामिल भएमा धेरै महत्त्वपूर्ण लाभ पनि लिन सकिन्छ । बाहिरी व्यक्तिहरूलाई डाटा पत्ता लगाउन सहज हुनेछ अनि नयाँ र उपयोगी उपकरण पनि निर्माण गर्न सकिन्छ ।
डाटालाई सहज बनाउनको लागि इन्टरनेटमा विभिन्न किसिमकाका उपकरणहरू उपलब्ध छन् । सबैभन्दा धेरै प्रयोग हुने एउटा उपकरण भनेको डाटाहब (DataHub) हो र यो डाटाहरूलाई सूचीकरण र स्टोर गर्नको लागि प्रयोग गरिन्छ। यो साईटले व्यक्तिहरू र संगठनहरूलाई आफू सँग भएको सामाग्री इन्टरनेटमा प्रकाशित र चाहिएको बेलामा फेला पार्न मद्दत गर्दछ ।
साथै, विभिन्न क्षेत्रहरू र स्थानहरूको लागि इन्टरनेटमा दर्जनौं विशेष सूचीहरू पाउन सकिन्छ । धेरैजसो वैज्ञानिक समुदायले आफ्नो क्षेत्रहरूको लागि आआफ्नै सूची प्रणालीको सिर्जना गरेका छन्, किनभने डाटा प्रकाशनको लागि यो आवश्यकनै पर्न आउछ ।
आजभोलि धेरै ठाउँमा देखा परेको परम्पराबादी अभ्यास, जसमा एउटा नेतृत्व एजेन्सीले सरकारको डाटाको लागि आफैले एउटा सूचीको सिर्जना गरिदिन्छ । सूचीको स्थापना गर्दा, सूचीको संरचना सरल बनाउन पर्दछ जो धेरै विभागले सजिलै प्रयोग र आफ्नै वर्तमान जानकारी राख्न सक्ने हुन पर्दछ ।
सूचीको समर्थन गर्न तपाईंले सुरु देखिनै सफ्टवेयरको निर्माण गर्न पनि आवश्यक पर्दैन । इन्टरनेटमा हामी पहिलेनै बनेको खुल्ला तथा स्वतन्त्र सफ्टवेरहरू पाउन सक्छौ, उदाहरणको लागि सीक्यान (CKAN) जुन धेरै देशका सरकारहरूले प्रयोग गरिसकेका छन् । त्यसैले अरू कुनै नयाँ सफ्टवेर बनाउनको लागि खर्च गर्न आवश्यक छैन ।
खुल्ला डाटाको सूची बनाउँदा ध्यान राख्नुपर्ने केही कुराहरू छन् । आफ्नो कार्यक्रममा निम्न विचारहरू सामेल गर्नुहोस् :
गैरसरकारी डाटाको लागि एक पूरक सूचीको सिर्जना गर्न इच्छुक हुनुहोस् । सरकारले धेरै कम मात्रै अनौपचारिक वा गैरप्रामाणिक स्रोतहरूसँग मिलेर काम गर्छ । अधिकारीहरू धेरैजसो राजनीतिक असजिलोपन नहोस् वा डाटाको दुरुपयोग र निर्धक्कताले धेरै हानि नहोस् भनेर धेरै मात्रामा सजग रहन्छन् ।
यसबाहेक, सरकार आफ्नो जानकारी तलमाथि हुने कुनै किसिमको गतिविधिहरूलाई समर्थन गर्न इच्छुक हुँदैन । सरकारले मुनाफाको मनसाय राख्दैन । त्यसैले, सामुदायिक समूह, व्यवसाय र अरू कसैको आफ्नो स्वतन्त्र सूची पनि प्राधिकरण हुन सक्छ ।