१. परिचय

परिचय

के तपाईंलाई ठ्याक्कै थाहा छ तपाईंले तिरेको करको कति पैसा सडक बत्तीमा अथवा क्यान्सर अनुसन्धानमा खर्च गरिएको छ? तपाईंको घर देखी कार्यालय सम्मको सबै भन्दा छोटो, सुरक्षित र मनोरम प्राकृतिक दृश्य भएको साइकल मार्ग कुन हो? र तपाईंले फेरिरहनु भएको सास (वायु) मा के-के छ/ तपाईको क्षेत्रमा कहाँ काम गर्ने उत्तम मौका पाउनुहुनेछ र कहाँ चाहिँ प्रतिव्यक्ति फलफुलका रुखको संख्या उच्चतम पाउनुहुनेछ? तपाईंले अत्यन्तै ख्याल गर्ने विषयहरूका बारेमा हुने निर्णयहरूलाई तपाईंले कहिले प्रभावित गर्न सक्ने, र यसका बारेमा तपाईंले को सँग कुरा गर्ने?

नयाँ प्रविधिहरूले अब यी प्रश्नको स्वत: जवाफ दिने सेवाहरू निर्माण गर्न सम्भव बनाइदिएका छन्। यी प्रश्नहरूको उत्तर दिन तपाईंलाई आवश्यक धेरैजसो डाटाहरू सार्वजनिक निकाय द्वारा उत्पादन भएका हुन्छन्। तर, प्राय आवश्यक डाटाहरू अझैपनि सहजताका साथ प्रयोग गर्न सकिने रुपमा छैनन्। यो पुस्तक आधिकारिक लगायत अन्य सूचनाका सम्भावनालाई प्रस्फुटन गर्दै नयाँ सेवाहरू भित्र्याउने, नागरिकहरूको जीवन सुधार गर्ने तथा सरकार र समाजमा अझ राम्ररी कसरी काम गर्ने वातावरणको सिर्जना कसरी गर्ने भन्ने बारे हो।

खुल्ला डाटाको अवधारणा र विशेषत: खुल्ला सरकारी डाटा- सार्वजनिक सूचना वा अन्य जो कोहिले पनि स्वतन्त्र रुपले पहुँचका साथै जुनै उदेश्यले पनि पुनर्प्रयोग गर्न सक्छन्।यो कुरा बिगत केही बर्ष देखि नै अस्तित्वमा छ। सन् २००९ मा विभिन्न सरकारले (जस्तै संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा र न्युजील्याण्ड) आफ्ना सार्वजनिक सूचनाहरूलाई खुल्ला गर्ने नयाँ पहलहरूको घोषणा गरे सँगै खुल्ला डाटा मूलधार मै देखा पर्न थालेको हो।

यो पुस्तकले विशेष गरी सरकारसँग सम्बन्धित रही ‘खुल्ला डाटा’ का आधारभूत अवधारणाहरूका बारेमा चर्चा गर्दछ। यसमा कसरी खुल्ला डाटाले विभिन्नक्षेत्रहरुमा सकारात्मक प्रभाव पार्नुका साथै ती क्षेत्रहरुमा वस्तु तथा महत्त्व सिर्जना गर्छ भन्ने कुरा समेटिएको छ। पृष्ठभूमि अन्वेषण गर्नुका साथ साथै, यस पुस्तिकाले खुल्ला डाटा कसरी उत्पादन गर्ने बारे ठोस जानकारी पनि दिन्छ।