खुल्ला डाटा पुस्तिका

खुल्ला डाटा पुस्तिका

यस खुल्ला डाटा पुस्तिकामा बिशेषत:
खुल्ला डाटाका कानुनी, सामाजिक, र प्राबिधिक पक्षहरुमा चर्चा गरिएको छ। यो खुल्ला डाटा पुस्तिकाको पहिलो नेपाली संस्करण हो, जसले के खुल्ला छ, कसरी खुल्ला हुन्छ, र खुल्ला डाटा किन जरुरी छ भन्ने विषयमा विस्तृत जानकारी गराउँछ।

१८अध्यायहरू
१८+भाषामा अनुवादित
CC BYखुल्ला लाइसेन्स

पुस्तिकाको बारेमा

अन्तर्राष्ट्रिय ज्ञान, नेपाली सन्दर्भमा

खासगरी यस पुस्तकको मूल संस्करण अंग्रेजी भाषामा उपलब्ध छ। उक्त अंग्रेजी संस्करण ओपेन नलेज इन्टरनेसनल द्वारा लिखित तथा व्यवस्थित गरिएको छ। ओपेन नलेज इन्टरनेसनल एक गैर नाफामुखी संगठन हो जो समाजमा खुल्ला डाटाको महत्वमा केन्द्रित रहेर नागरिक समाज समूहहरूलाई डाटाको पहुँच र प्रयोग गरेर सामाजिक समस्या समाधान गर्न मद्दत गर्दछ। यो पुस्तिका चाईनिज, फ्रेन्च, जर्मन, स्पानिश, रसियन र अहिले नेपाली गरि १८ वटा भन्दा बढी भाषामा अनुवाद भइसकेको छ।

यस खुल्ला डाटा पुस्तिका नेपाली संस्करणमा खुल्ला लाइसेन्स, सूचनाको हक, अङ्ग्रेजि खुल्ला डाटा पुस्तिका र खुल्ला डाटामा आधारित विभिन्न नेपाली परियोजनाहरुको बारेमा समावेश गरिएको छ। सबै भाषामा अनुवादित पुस्तकहरु opendatahandbook.org वेबसाइटमा उपलब्ध छ।

किन खुल्ला डाटा

खुल्ला डाटाले ल्याउने परिवर्तन

नागरिक सशक्तिकरण

सूचनामा खुला पहुँच दिएर नागरिकहरूलाई निर्णय प्रक्रियामा सहभागी हुन सशक्त बनाउँछ।

अवसरहरूको सिर्जना

खुल्ला डाटाको पुन: उपयोगबाट नवीनता, नयाँ सेवा र आर्थिक अवसरहरू जन्मन्छन्।

सामाजिक समस्या समाधान

डाटाको सही प्रयोगले साझा सामाजिक समस्याहरूको प्रभावकारी हल खोज्न मद्दत गर्छ।

आफ्नै मातृभाषामा

नेपाली भाषामा तयार पारिएको हुनाले सबैले खुल्ला डाटालाई सजिलै बुझ्न सक्छन्।

विषयसूची

अध्यायहरू

परिचयदेखि शब्दावलीसम्म, खुल्ला डाटाको यात्रा क्रमबद्ध रूपमा।

परिचय

लक्षित दर्शक

तपाईं कस्तो डाटाका बारेमा कुरा गर्दै हुनुहुन्छ?

किन खुल्ला डाटा?

खुल्ला डाटा के हो?

डाटालाई कसरी खुल्ला बनाउने?

सम्बन्धित लाइसेन्सहरू

डाटालाई प्राविधिक रुपमा उपलब्ध तथा खुल्ला कसरी बनाउने ?

अनलाइन विधिहरू

डाटालाई पत्ता लगाउन सजिलो बनाउनुहोस्

मैले केही डाटा खुल्ला गरेँ, अब के गर्ने ?

के कानूनी (आईपी) अधिकारहरू डाटाबेसहरूमा छन्

खुल्ला फाइलका ढाँचाहरू

दिइएको ढाँचाहरू कसरी प्रयोग गर्ने?

सरकारी सूचना खुल्ला गर्नेका लागि दश सिद्धान्तहरू

नेपालमा भएको विभिन्न खुल्ला डाटा सम्बन्धित उदाहरणहरू

नेपाली नागरिकले सूचनाको हक प्रयोग गर्ने विधि

शब्दावली

हाम्रोबारे

ओपेन नलेज नेपालको परिकल्पना

नागरिक सशक्तिकरणअवसरहरूको सिर्जनासामाजिक समस्या समाधान
खुल्ला डाटाको सम्भावना

यस पुस्तकले बिशेष गरि खुल्ला डाटाको बिभिन्न विषय: नागरिक सशक्तिकरण, अवसरहरू सिर्जना र सामाजिक समस्या समाधान गर्ने जस्ता विषयमा सकारात्मक प्रभाव रहने कल्पना ओपेन नलेज नेपालले गर्दै आएको छ। उक्त बिषयमा केवल डाटाको पर्याप्त आपूर्तिले मात्र प्रभाव पार्न सकिदैन। जसकारण प्रकाशित भएको डाटाको प्रयोगबाट नवीनता, सहभागिता र पुन: उपयोगिता बनाउन आवश्यक पर्दछ।

सन्तुलित डाटा वातावरण

यो पुस्तिकाले सरकारी कर्मचारी र नेपाली जनतालाई आफ्नै मात्री भाषामा खुल्ला डाटाको बारेमा सजीलै बुझ्न मद्धत गर्दछ। यसो गर्नाले डाटाको आपूर्ति र माग पक्ष बीच एक संतुलित वातावरण सिर्जना गर्न मद्दत मिल्नेछ, जसले लामो समयसम्म पारदर्शिता र नागरिक उत्तरदायित्वलाई बढावा दिन्छ।